जाँचबुझ आयोगको प्रतिवेदन बुझेपछि प्रधानमन्त्रीको प्रतिक्रिया के छ ?

लोकपथ
882
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दण्डहीनतालाई प्रसय दिने काम नगर्ने बताएकी छन् ।

जेनजी आन्दोलनको घटनाबारे छानबिनका लागि गठित छानबिन आयोगको प्रतिवेदन बुझेपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले सो प्रतिक्रृया दिएकी हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आज प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेख्दै कुनै पनि किसिमको दण्डहीनतालाई प्रश्रय दिने काम गर्न नदिनेमा आफूहरु स्पष्ट रहेको बताएकी छन् ।

‘२०८२ भदौ २३ र २४ गतेका घटनाहरूको जाँचबुझ प्रतिवेदन प्राप्त भएको छ । मेहनतपूर्वक यस कार्यमा खटिने आयोगका पदाधिकारी तथा कर्मचारीलाई धन्यवाद। कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिनुहुँदैन भन्नेमा सरकार स्पष्ट र दृढ छ,’ उनले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?