गोली हान्ने र हान्न आदेश दिने दुवैलाई कारबाहीको सिफारिस गरेका छौँ : गौरीबहादुर कार्की

लोकपथ
371
Shares

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाएको छ ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा भदौ २३ र २४ को घटनाका दोषीहरुलाई कारबाहीको सिफारिस गरिएको छ ।

प्रतिवेदन बुझाएपछि आयोगका संयोजक कार्कीले ‘गोली हान्ने र गोली हान्न लगाउने’ दुवैलाई कारबाही गर्न सिफारिस गरिएको बताए ।

‘२३ गतेको घटनामा क–कसको कमजोरी हो, के कारबाही गर्नुपर्ने हो त्यसलाई सिफारिस गर, २४ गतेको घटनामा पनि कोको दोषी छन् तिनीहरुलाई कारबाहीका लागि सिफारिस गर भनेर भनेका छौँ,’ कार्कीले भनेका छन्, ‘त्यो सिफारिसमा गोली हान्ने र गोली हान्न लगाउने र गोली नरोक्ने सबैलाई कारबाहीको सिफारिस गरेका छौँ ।’

आयोगले मतगणनाको परिणाम कुरेर प्रतिवेदन बुझाएको समेत टिप्पणी भइरहेको छ । तर कार्कीले भने आफूहरुले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको बताए । साथै आफूहरुमाथि कसैलाई कारबाही गर्न र कसैलाई उन्मुक्ति दिन लागेको आरोप आइरहेको तर त्यसो नभएको समेत स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?