काठमाडौं । सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन् । उनले ८ हजार ४९२ मतान्तरले जित हासिल गरेका हुन् ।
अन्तिम मतपरिणामअनुसार साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत पाएकी छन् ।
सुनसरी–१ मा नेकपा (एमाले) का उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया