३५ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो 

लोकपथ
84
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको हो ।  

अघिल्लो दिन  ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको  सुनको मूल्य आज ३५ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी ३० रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर  ५ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?