काठमाडौं । नुवाकोट १ मा स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम तिमिल्सिनाले अग्रता लिएका छन ।
पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतलाई पछि पार्दै रास्वपाका तिमिल्सिनाले १६ हजार २१० ले अग्रता लिएका हुन् । पछिल्लो मत अपडेटअनुसार महतले १३,४३३ मत ल्याएर तिमिल्सिनालाई पछ्याईरहेका छन ।
यो क्षेत्रमा तिमिल्सिना र महतबिच कडा प्रतिस्प्रधा चलिरहेका छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हितबहादुर तामाङ ९, हजार ६८३ मतका साथ तेस्रो स्थानमा रहँदा नेकपा एमालेका बद्री मैनाली ६ हजार २२८ मतसहित चौथो स्थानमा छन् ।
यस्तै उज्यालो नेपाल पार्टीका अमित तामाङले १ हजार ५६५ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया