मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही विजयी

लोकपथ
280
Shares

काठमाडौं । मुगुमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही विजयी भएका छन् । उनले ६ हजार १७० मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार पूर्णबहादुर रोकायले पाँच हजार एक मत प्राप्त थरेका छन् ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का चन्द्रबहादुर शाहीले दुई हजार ४४० र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ३७१ मत प्राप्त गरेका छन् । मुगुमा सात दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यो निर्वाचन क्षेत्रमा ३६ हजार ६०५ कुल मतदाता रहेकामा २२ हजार १६८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?