रास्वपाबाट उम्मेदवार बनेका पूर्वएआईजी पोखरेल ५ मतले विजयी

लोकपथ
203
Shares

काठमाडौं । ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार विश्वराज पोखरेल झिनो मतान्तरले विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेललाई केवल ५ मतले उछिन्दै विजयी भएका हुन् । 

नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) समेत रहेका पोखरेलले १३ हजार ९५३ मत पाएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत पाएका छन् । 

यद्यपि निर्वाचन आयोगले उनको विजयीबारे आधिकारिक घोषणा गर्न बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?