पार्टीका उम्मेदवार हारेको भन्दै एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेलद्वारा राजीनामा दिने घोषणा 

लोकपथ
84
Shares

काठमाडौं । एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले निर्वाचन परिणामले पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका हुन् । 

मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दुवै क्षेत्रमा नेकपा एमाले हार्ने अवस्था बनेपछि उनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरेका हुन् । 

यो समाचार लेख्दासम्म मकवानपुर १ बाट एमालेबाट उठेका रामेश्वर रानामगर तेस्रो स्थानमा छन् । २ बाट उठेका महेश गर्तौला पराजित भइसकेका छन् ।

पोखरेलले शीर्ष नेतृत्वले समेत पराजयको नैतिक जिम्मेवारी लिएर आवश्यक परे पद त्याग गर्दै पार्टी पुनर्गठनतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । पार्टीको तल्लो तहदेखि केन्द्रीय नेतृत्वसम्म सबैले परिणामको जिम्मेवारी स्वीकार गर्दै आत्ममूल्यांकन गर्नुपर्ने उनको भनाइ छ।

२०८१ जेठ २१ मा पोखरेल ३१३ मत सहित अध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?