विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पाँचथरबाट नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङ निर्वाचित भएका छन् ।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार केरुङले १७ हजार २३३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत प्राप्त गरे ।
त्यस्तै नेकपा एमालेका अइन्द्रसुन्दर नेम्वाङले १४ हजार ५३४ मत पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले ११ हजार ४४३ मत प्राप्त गरेका छन् ।
पाँचथरमा यसपटक चार प्रमुख दलबीच प्रतिस्पर्धा भए पनि अन्ततः कांग्रेसका केरुङले अग्रता कायम राख्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया