सोलुखुम्बुमा कांग्रेसका कार्की विजयी, अशिम राई दोस्रो

लोकपथ
147
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी भएका छन् ।

आइतबार (फागुन २४) बिहान सार्वजनिक अन्तिम मत परिणाममा १३ हजार १६६ मत प्राप्त गर्दै कार्की सांसद निर्वाचित भएकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार अशिम राईले नौ हजार ४१४ मत ल्याए । तेस्रो स्थानमा रहेकी नेकपा (एमाले)की उमेदवार कल्पना राईले आठ हजार २२८ मत पाइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार ऋषिधन थुलुङ राई तीन हजार ६४२ मतसहित चौथो स्थानमा रहे । श्रम संस्कृति पार्टीका उमेदवार वियस राईले तीन हजार ३६३ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?