ताप्लेजुङबाट एमालेका क्षितिज थेबे निर्वाचित

लोकपथ
0
Shares

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा (एमाले) का क्षितिज थेबे निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार थेबेले १३ हजार ९६२ मत प्राप्त गरी थेबे निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११ हजार ७११ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खेलप्रसाद बुडाक्षेत्रीले ६ हजार ७७५ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २०९ मत ल्याएका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?