बालेनलाई ‘बाबु’ सम्बोधन गर्दै ओलीले दिए बधाई

लोकपथ
749
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं ५ बाट आफूलाई पराजित गरेका रास्वपाका बालेन्द्र शाह ‘बालेन’ लाई बधाई दिएका छन् ।

आज आएको मत परिणाम अनुसार ठूलो मतान्तरसहित बालेनले ओलीलाई पराजित गरेका छन् ।

सामाजिक सञ्जालमा बालेनलाई ‘बाबु’ सम्बोधन गर्दै ओलीले ५ वर्षे कार्यकालको शुभकामना दिएका छन् ।

बालेन बाबु । विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना,’ ओलीले भनेका छन् ।

उक्त क्षेत्रमा बालेनले ६८ हजार ३ सय ४८ मतसहित जित हासिल गर्दा ओलीले १८ हजार ७ सय ३४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?