काठमाडौं । रौतहट क्षेत्र नं ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेल विजयी भएका छन् ।
पौडेलले ठूलो मतान्तरसहित जित हासिल गर्दा नेपाली कांग्रेसका देवप्रसाद तिमलसेना पराजित भएका छन् ।
पौडेलले कुल ३६ हजार ८ सय ७६ मत प्राप्त गरेका छन् भने पराजित भएका तिमलसेनाले १५ हजार ८ सय ६५ मत प्राप्त गरे ।
यता नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराईले ९ हजार ७ सय ७८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार रामजी साह सोनारले ३ हजार ४ सय ७८ मत प्राप्त गरे । त्यस्तै जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजकुमार दास तत्माले १ हजार ६२ त प्राप्त गरेका छन् ।
यता चर्चित पत्रकार ऋषि धमलाले १ हजार मत पनि कट्न सकेन । धमलाले आम जनता पार्टी (आजपा) बाट उम्मेदवार बनेका थिए । मोबाइल चुनाव चिह्न लिएर चुनावी मैदानमा पुगेका धमलाको जमानत समेत जफत भएको छ । धमलाले ६५५ मात्रै मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया