रास्वपाले जनताको युगौँ युगदेखिको समस्या समाधान हुने गरी काम गर्छ : सोविता गौतम

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले आफ्नो पार्टी नेतृत्वको नेपाली जनताको युगौँ युगदेखिको समस्या समाधान हुने गरी काम गर्ने बताएकी छन् । 

चितवन क्षेत्र नम्बर ३ बाट भारी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए लगत्तै उनले सो प्रतिबद्धता व्यक्त गरेकी हुन् । नेतृ गौतमले आफ्नो पार्टीले अब सरकार बनाउने र मुलुक निर्माणको अभियानमा केन्द्रित भएर काम गर्ने आश्वासन दिइन् ।

नेतृ गौतमले नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेर निर्वाचित गराएको उल्लेख गर्दै सोही विश्वासको आधारमा काम गर्ने बताइन्  । 

उनले भने, ‘अब धेरै बोल्ने समय छैन । अव सरकार निर्माण गर्ने र नेपाली जनताको मुद्दा समाधान गरेर युगौयुगसम्म पनि नेपाली जनताले अव गुनासो गर्नु नपर्ने गरी नेपाली समाज निर्माणमा प्रतिबद्ध रहने काम हुनेछ । अब संसद् भवनमा गएर नेपाली जनताले अब समस्या भोग्नु नपर्ने गरी देश बनाउन म अगाडि बढ्नेछु ।’

त्यस अवसरमा नेतृ गौतमले निर्वाचनमा आफूलाई विजयी गराउने आम मतदाताप्रति पनि आभार व्यक्त गरिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?