भारी मतसहित बालेन विजयी, ओली पराजित

लोकपथ
147
Shares

काठमाडौं । झापा क्षेत्र नं ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पराजित भएका छन् ।

केहीबेरअघि आएको अन्तिम परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले ओलीलाई ठूलो मतान्तरसहित पराजित गरे ।

बालेनले ६८ हजार ३ सय ४८ मत प्राप्त गरेका छन् भने ओलीले १८ हजार ७ सय ३४ मत प्राप्त गरे । यसरी हेर्दा बालेन–ओलीको मतान्तर ४९ हजार ६ सय १४ रहेको छ ।

त्यस्तै श्रम संस्कृति पार्टीका समिर तामाङले ९ हजार २ सय ३३ मत ल्याउँदा नेपाली कांग्रेसकी मन्थरा चिमरियाले १ हजार ८ सय २१ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?