कञ्चनपुर–२ मा रास्वपाका दिपकराज बोहरा विजयी

लोकपथ
42
Shares

काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिपकराज बोहरा निर्वाचित भएका छन् ।

उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता एनपी साउदलाई २३ हजार मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

बोहरा ३३ हजार ९५२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी साउदले १० हजार ८२७ मत पाएका छन् ।

कञ्चनपुर–२ मा नेकपा एमालेका उम्मेदवार वचनबहादुर सिंह छ हजार ४१८ मतसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्त छ हजार ३३७ मतसहित चौथो भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तिर्थराज चटौतले एक हजार ९९३ मत पाउँदा नागरिक उन्मुक्ति पार्टी, नेपालकी प्रेमवती रानाको ५६० मत आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?