ताप्लेजुङमा नेकपा एमाले अघिअघि, कांग्रेस पछिपछि

लोकपथ
1.4k
Shares

काठमाडौं । ताप्लेजुङ निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे ११ हजार ६९० मतसहित अग्रस्थानमा छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बु ९ हजार ६३९ मतसहित दोस्रो स्थानमा छन् ।

यो हिसाबले एमाले र कांग्रेसबीच मतान्तर हाल २ हजार ५१ मत रहेको छ ।

तेस्रो स्थानमा नेकपा उम्मेदवार खेल प्रसाद बुढा क्षेत्री ५ हजार २३ मतसहित रहेका छन् ।

अन्य उम्मेदवारहरूमा श्रम संस्कृति पार्टीका सन्तोष राई ४ हजार २०२ मत र रास्वपाका वीरेन्द्र श्रेष्ठ २ हजार ४९५ मतसहित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?