पराजितपछि शेखर कोइरालाले भने– ‘युवाहरु परिवर्तनका बाहक हुन्’

लोकपथ
84
Shares
फाइल तस्बिर

काठमाडौं । मोरङ क्षेत्र नं ६ बाट पराजित भएपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विजयी भएकी रास्वपा उम्मेदवार रुबिना आचार्यलाई बधाई दिएका छन् ।

आज आएको मत परिणाम अनुसार ठूलो मतान्तरसहित डा.कोइराला पराजित भएका हुन् । पराजित भएपछि विज्ञप्ति नै जारी गरेर डा. कोइरालाले अहिले युवाहरुको लहर देखिएको र मतदाताहरुले पनि युवालाई नै खोजेको बताए ।

‘लोकतान्त्रिक पद्धतिलाई आत्मसात गरेर सक्षम र योग्य युवाहरु भर्खरै सम्पन्न निर्वाचनमा विजयी हुनुभएको छ । युवाहरु जो यो राष्ट्रको परिवर्तनका वाहक हुन, भावी संसदमा हामी नीति निर्माणमा पुगेको देख्नेछौं । यो खुशीको कुरा हो,’ उनले भनेका छन् ।

डा. कोइरालाले १२ हजार ८ सय ५० मत प्राप्त गर्दा रास्वपाकी आचार्यले ५५ हजार ५ सय १३ मत प्राप्त गरेकी छन् ।

डा. कोइराला यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?