काठमाडौं । अछाम क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डा. भीमबहादुर रावल झिनो मतान्तरले पराजित भएका छन् ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वारले जित हासिल गरेका छन् । स्वारले १० हजार ७ सय ५९ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।
यता भीम रावलले १० हजार २ सय ३३ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का ७ हजार ३ सय ८९ मत प्राप्त गरेका छन् । साथै रास्वपाका ओमप्रकाश रावलले १ हजार ७ सय ३९ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया