झापा–५ मा बालेन ५५ हजार मतसहित अग्रस्थानमा, ओली धेरै पछि

लोकपथ
56
Shares

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

खसेको कुल १ लाख ६ हजार ३७२ मतमध्ये अहिलेसम्म ८८ हजार ४४१ मत गणना भइसकेको छ ।

हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ ५५ हजार ९३४ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले १५ हजार ४०९ मत प्राप्त गरेका छन् ।

यस आधारमा बालेन ४० हजार ५२५ मतले ओलीभन्दा अगाडि छन् ।

झापा–५ मा अहिले करिब १७ हजार ९३१ मत गणना हुन बाँकी रहेकाले मतान्तरका आधारमा बालेनको जित लगभग निश्चित भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?