नुवाकोट–१ : रोचक बन्दै मतगणना, कांग्रेस र रास्वपाबिच उछिन्ने होडबाजी

लोकपथ
1.6k
Shares

काठमाडौं । नुवाकोट–१ मा जारी मतगणना निकै रोचक बनेको छ । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार डा.प्रकाशशरण महत ६ हजार ८८५ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी रास्वपाका उम्मेदवार डा। विक्रम तिमल्सिनाले ६ हजार ८७५ मत प्राप्त गरेका छन् । दुई उम्मेदवार बिच मात्र १० मतको अन्तर रहेको छ ।

यसअघि रास्वपाका उम्मेदवार तिमल्सिना अगाडि रहे पनि पछिल्लो गणनासँगै महतले अग्रता लिएका हुन् ।

त्यस्तै, नेकपाका उम्मेदवार हितबहादुर तामाङले ५ हजार २७८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले ३ हजार २५५ मत ल्याएका छन् ।

नुवाकोट–१ मा मतगणना जारी रहेकाले परिणाम थप रोचक बन्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?