काठमाडौं । सिन्धुली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशीष गजुरेल निर्वाचित भएका छन् ।
गजुरेल १७ हजार ९४० मत प्राप्त गरी विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार लेखनाथ दाहाल (राजन) ले १४ हजार ७ ८० मत प्राप्त गरेका छन् ।
दाहाल सोही क्षेत्रका निर्वाचित निवर्तमान सांसदसमेत हुन् ।
यो क्षेत्र तत्कालीन माओवादीको गढका रूपमा चिनिँदै आएको छ ।
सिन्धुली २ मा नेकपा एमालेका उम्मेदवार मनोजजंग थापा तेस्रो भएका छन् । उनले ११ हजार ६०६ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत पाएकी छिन् ।
नेकपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार उठेका महेश्वर दाहालले ५ सय ८६ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया