काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को जित सुनिश्चित भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा शाह गणना हुन बाँकी मतभन्दा पनि बढी मतले अगाडि रहेपछि उनको जित लगभग पक्का भएको हो ।
पछिल्लो मतपरिणामअनुसार ७५ हजार ३७७ मत गणना हुँदा शाहले ४७ हजार ७७९ मत प्राप्त गरेका छन्। ओलीले १२ हजार ६९९ मत ल्याएका छन् ।
दुवै उम्मेदवारबीचको मतान्तर ३५ हजार ८० पुगेको छ ।
अब ३० हजार ९९५ मत गणना हुन बाँकी रहेकाले शाहको जित सुनिश्चित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया