काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । बारा–३ मा अरविन्द साह र बारा–४ मा रहवर अन्सारी निर्वाचित भएका हुन् ।
बारा–३ मा साहले ४० हजार ६७७ र बारा–४ मा अन्सारीले ४१ हजार २०० मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बारा–४ मा नेपाली कांग्रेसका फर्सुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरे भने बारा–३ मा नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले सात हजार १२३ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया