कार्यकर्तालाई रास्वपाले भन्यो– ‘अनावश्यक टिकाटिप्पणी र अवाञ्छित गतिविधि नगर्नू’

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनको पूर्ण परिणाम आउन अझै केही समय लाग्ने भएकाले आफ्ना सबै पार्टीपंक्तिलाई धैर्यपूर्वक प्रतीक्षा गर्न आग्रह गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको यस घडीमा सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा अनावश्यक टिकाटिप्पणी गर्ने गतिविधि बढेको महसुस भएको छ । त्यसैले सम्पूर्ण पार्टीपंक्तिलाई अवाञ्छित गतिविधि नगर्न निर्देश दिइन्छ कसैले यस्तो गतिविधि गरेको पाइएमा पार्टीको विधान, कार्यविधि तथा आचारसंहिताअनुसार आवश्यक कारबाही गरिनेछ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?