भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईको अग्रता, एमालेका शेरधन राई पछ्याउँदै

लोकपथ
273
Shares

भोजपुर । भोजपुरमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले अग्रता लिएका छन्  । अरुण गाउँपालिका, आमचोक गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकाको गणना सकिँदा राईले ५ हजार ३६७ मत प्राप्त गरेका छन् । एमालेका शेरधन राईले ४ हजार २१४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । 

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राईले २ हजार ४९८ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका बालकृष्ण थापाले दुई हजार ३०७ मतसहित चौथो स्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद ओझाले १ हजार ५७८ मत प्राप्त गरेका छन्। १७ हजार ३०२ मत गन्दा १ हजार १४ मत बदर भएको छ । 

८१ वडा रहेको भोजपुरमा वडागत रूपमा मतगणना भइरहेको छ । कुल १ लाख २५ हजार ७६६ मतदाता रहेको भोजपुरमा ५८ हजार १६७ मत खसेको थियो । भोजपुरमा अब पाँच वटा स्थानीय तहको गणना बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?