काठमाडौं । सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले अग्रता बढाउँदै लगेका छन् ।
निर्वाचन आयोगको हालसम्मको अपडेटअनुसार साम्पाङले ७८१३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की गोमा तामाङको पाँच हजार ८७१ मत छ ।
सुरुवाती गणनामा साम्पाङलाई तामाङले पछि पारेकी थिइन् । तर, पछिल्लो अपडेटअनुसार साम्पाङ एक हजार ९४२ मतले अघि छन् ।
त्यस्तै नेकपाका सूर्य बहादुर भट्टराईले १ हजार ४ सय ७३ पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया