काठमाडौं । नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सेनाले पार्टी महासचिव शंकर पोखरेललाई पदबाट राजीनामा दिन सुझाएकी छन् ।
पोखरेल दाङको क्षेत्र नं २ बाट पराजित भएपछि त्यसलाई स्वीकार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा जनलहर देखिएको भन्दै बधाई दिएका थिए ।
यता एमाले देशभर लज्जास्पद हार व्यहारेकोमा आम कार्यकर्ता पंक्तिबाट समेत पार्टी नेतृत्वको आलोचना भइरहेको छ ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस सेयर गर्दै एमाले पूर्व केन्द्रीय सदस्य समेत रहेकी तिम्सेनाले जिम्मेवारीबाट राजीनामा दिएर आउन सुझाएकी हुन् ।
उनले भनेकी छन्, ‘आफ्नो जिम्मेवारीबाट राजिनामा लेखेर यो स्टाटस लेख्नु पथ्र्यो कमरेड। राजनीतिमा सबैभन्दा ठुलो कुरा नैतिकता हो । समाजबाट पुरै बेखबर तपाईँ र सिंगो कमिटीले आफ्नो पुनसंरचनारपुनर्गठन गर्नु जरुरी छ । तपाईँको पुस्ता सामान्य असफल मात्रै होईन, यो सर्वनासको कारण पनि हो । खासमा बस्तुगत भएर मात्र अगाडी बढ्न वा नबढ्न सकिन्छ । आगे जो ईच्छा कमरेड ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया