ललितपुर–१ मा रास्वपा विजयी, कांग्रेसका सहमहामन्त्री उदयशमशेर पराजित

लोकपथ
140
Shares

काठमाडौं । ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जन विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदयशमशेर जबरालाई झन्डै १० हजार मतले पछि पार्दै महर्जन विजयी भएका हुन् ।

रास्वपाका महर्जनले २३ हजार ३७३ मत पाउँदा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका जबराले १३ हजार ५२० मत पाएका छन् । 

ललितपुर–१ मा तेस्रो भएका नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले ६ हजार ५४६ मत पाएका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुनिल महर्जनले एक हजार ९६४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?