२०७८,श्रावण,११,सोमवार

पार्टी एकीकरणका विषयमा जनयुद्धका समयमा एमाले सँग ५० औँ पटक वार्ता भएको खुलासा

२०७४,कार्तिक,२३,बिहीवार १५:१३


चितवन, २३ कात्तिक – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)बीच पार्टी एकीकरणका विषयमा जनयुद्धका समयमा ५० औँ पटक वार्ता भइसकेको जानकारी दिएका छन् अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)द्वारा संयुक्त रुपमा आयोजित वाम गठबन्धनको संयुक्त महिला भेला तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले जनमुक्ति सेनाको घेराबीचमा रोल्पाको रोसेवाङ्गमा दुई पार्टीबीचमा लिखित सम्झौता भएपछि मात्रै १२ बुँदे समझदारी भएको बताए उनले भने, “सशस्त्र द्वन्द्वको १० वर्षभित्र लगातार ५० औँ पटक दुई पार्टीका बीचमा वार्ता भएको छ”, दाहालले थपे , “एमाले र माओवादीबीचमा पहिलो लिखित सम्झौता रोल्पामा भएको हो जसमा संविधानसभामा जाने, सामन्तवादविरुद्ध जाने उल्लेख थियो ।” त्यसले अहिले आधारशिलाको काम गरेको उनको भनाइ थियो मदन भण्डारी जीवित रहँदै कम्युनिष्ट पार्टी एक हुनुपर्छ भनेर आफूसँग छलफल भएको उनले स्मरण गरे । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि धेरै पटक पार्टी एकीकरणको प्रयास भएको बताउँदै उनले भने, “पहिलो संविधानसभाको निर्वाचनअघि धेरै पटक पार्टी एकीकरणको प्रयास भएको थियो”, उहाँले अगाडि थप्नुभयो “त्यतिबेला लिखित दस्तावेज बनाइयो, तर सफल भएन ।”कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले एक महिनापछि दुई तिहाइ बहुमतको वामपन्थीको सरकार बनाइने जिकिर गरे ।

प्रकाशित मिति: २०७४,कार्तिक,२३,बिहीवार १५:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले देश र जनताले फेरि माओवादी नै खोजेको बताएका छन् ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयताको खारेजी र धर्म निरपेक्षताबारेमा जनमत संग्रह गर्नुपर्ने आवाज उठ्नु सकारात्मक भएको

काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताएका छन् । रिपोर्टस क्लव नेपालमा

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२