काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हार स्विकार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ लाई बधाई दिएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले रास्वपा उम्मेदवार शाहलाई बधाई दिँदै ‘परिवर्तनको लहर’का कारण आफ्नो प्रयास सफल हुन नसकेको बताए ।
पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताले निकै मेहनत गरेको र शुभेच्छुक तथा आफन्तजनबाट पनि राम्रो सहयोग पाएको बताए । तर निर्वाचन नतिजा आफूअनुकूल नआएको उनको भनाइ छ ।
‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताले निकै मेहनत गर्नुभयो । शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो । तर ‘परिवर्तन’ को लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन ।,‘ उनले लेखेका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया