बझाङमा एमालेका ऐनबहादुर महर विजयी

लोकपथ
119
Shares

काठमाडौं । बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

उनी १८ हजार ५४३ मत ल्याएर विजयी भएका हुन् । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत ल्याएका छन् ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७५७, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेशकुमार सिंहले ९ हजार २६३,  नेकपा माओवादी (विप्लव) का भरत मल्लले ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठाराले ४०५,  नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?