काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपा पराजित भएको छ । यहाँ रास्वपाका रुकेश रन्जित विजयी भएका छन् ।
रास्वपाका रन्जित ३३ हजार ४३६ मतसहित विजयी हुँदा नेमकिपाका प्रेम सुवालले २८ हजार १७८ मात्रै पाएका छन् ।
सो क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२, एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१, राप्रपाका भरत खड्काले २ हजार ४७२ र नेकपाका हरिराज लवजुले ११ सय ७७ मत पाएका छन् ।
यसअघि सो क्षेत्र २०४८ सालदेखि नेपाल मजदुर किसान पार्टीको गढका रूपमा चिनिएको थियो । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट नेमकिपाबाट सुवाल विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया