झापा–५ मा बालेन्द्र शाहको भारी अग्रता, ओली २५ हजारभन्दा बढी मतले पछाडि

लोकपथ
168
Shares

झापा । झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायम राखेका छन् ।

रास्वपा उम्मेदवार शाहले ३४ हजार ८६३ मत प्राप्त गर्दा नेकपा (एमाले) अध्यक्षसमेत रहेका ओलीले ९ हजार ६८ मत मात्र प्राप्त गरेका छन् । अध्यक्ष ओलीभन्दा रास्वपाका वरिष्ठ नेता शाह २५ हजार ७९५ मतले अगाडि छन् । यो निर्वाचन क्षेत्रमा ५२ हजार २०७ मत गणना भएको छ ।

झापा ५ मा कूल मतदातामध्ये ६५ दशमलव ११ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । उनका अनुसार यो निर्वाचन क्षेत्रमा एक लाख छ हजार ५६८ मत खसेको छ । आधा मत गणना हुँदा ओली २५ हजार मतले पछाडि परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?