रवि लामिछाने ३९ हजार ४६८ मतान्तरसहित तेस्रोपटक विजयी 

लोकपथ
70
Shares

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनले ५४ हजार ४०२ मत रवि लामिछाने ३९ हजार ४६८ मतान्तरसहित तेस्रोपटक विजयी 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मत ल्याएर तेस्रोपटक विजयी भएका छन् । उनी ३९ हजार ४६८ मतान्तरसहित विजयी भएका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् 

यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९६९ मत ल्याए । यो क्षेत्रमा ८७ हजार २८ सदर हुँदा २ हजार ७९६ मत बदर भएको थियो ।

लामिछानेले यसअघि २०७९ र २०८० को उपनिर्वाचनमा यही क्षेत्रबाट चुनाव जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?