काठमाडौं । कास्की क्षेत्र नम्बर २ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हात पारेको छ । यहाँ रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेलले निकै फराकिलो मतान्तरले जित निकालेका छन् ।
सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पौडेल ३१ हजार ९११ मत प्राप्त गर्दै विजयी बनेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले जम्मा ७ हजार ४९३ मत मात्रै पाए । विजयी पौडेल र आचार्यबीचको मतान्तर २४ हजार ४१८ रहेको छ ।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तेस्रो स्थानमा आएको छ । राप्रपाका हेमजंग गुरुङले १ हजार ६४३ मत ल्याउँदा नेकपाका हेमबहादुर थापा (किरण) ले १ हजार २७६ मत पाएका छन् । उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया