झापा ५ मा बालेनले २८ हजार १५२ मत पाउँदा ओलीलाई ७ हजार ३९३ मत

लोकपथ
182
Shares

झापा । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ४४ हजार ३५० मत गणना हुँदा बालेन्द्रले २८ हजार १५२ मत प्राप्त गरेका छन् । 

यता, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म ७ हजार ३९३ मत प्राप्त गरेका छन्, जुन शाहको तुलनामा करिब चार गुणा कम हो । 

यस्तै, श्रम संस्कृति पार्टीका समीर तामाङले ४ हजार ११५ मत ल्याएर तेस्रो स्थानमा आफूलाई उभ्याएका छन् । त्यसैगरी, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ८२४ मत पाएकी छन् भने नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ७३६ मत जोडेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले भने ६६२ मत मात्र प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?