काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट पछि परेका छन् ।
पछिल्लो मतगणनाको परिणामअनुसार रास्वपाका गोविन्द पन्थीले अग्रता लिएका छन् । पन्थीले १२ हजार ७३५ मत सहित अग्रता लिँदा उनका निकट प्रतिद्वन्द्वी एमालेका गोकर्ण विष्टले १२ हजार १६९ मत ल्याएका छन् ।
यस्तै, नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले ९ हजार ५७९ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया