अघि लागे हर्क साम्पाङ, पछ्याउँदै रास्वपाकी गोमा तामाङ

लोकपथ
602
Shares

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङ अघि बढेका छन् । 

सुरुवातमा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)सरिनले अग्रता लिइरहेको सुनसरी १ मा अहिले हर्क साम्पाङ अघि छन् । 

निर्वाचन आयोगको अद्यावधिक मतपरिणामअनुसार यो क्षेत्रमा अहिले हर्क साम्पाङले ४ हजार ८३६ मत ल्याएका छन् भने रास्वपाकी सरिन ३ हजार ४२६ मतसहित उनलाई पछ्याइरहेकी छिन् । 

तेस्रो स्थानमा रहेका एमालेका सूर्यबहादुर भट्टराईले १‍ हजार ८५ मत ल्याएका छन् । 

सुनसरी निर्वाचन क्षेत्र १ मा कुल १ लाख ५० हजार ३९३ जना मतदाता छन् । यसपटक यहाँ राजनीतिक दलहरूबाट १९ जना र स्वतन्त्र ७ गरी कूल २६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?