दैलेख–१ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी

लोकपथ
91
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दैलेख–१ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् ।


थापाले १२ हजार ३७२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत पाए । थापा निकट प्रतिस्पर्धीसँग ५७६ मतान्तरले विजयी भएकी हुन् ।


२०३७ जेठ १५ मा काठमाडौं महानगरपालिका–९ मा जन्मिएकी थापाले भारतको भीमराव विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । देशभर कांग्रेसको लज्जास्पद पराजय भइरहेका बेला थापा निर्वाचित भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?