काठमाडौं–४ मा रास्वपाका पुकार बम भारी मतान्तरसहित विजयी 

लोकपथ
49
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बम विजयी बनेका छन् ।  

रास्वपाका बम २९ हजार १४२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा (एमाले)का राजन भट्टराईले ५ हजार ७३३ मत पाउँदा राप्रपाका सुरेन्द्रराज भण्डारीले २ हजार २५ र उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारीले ८१५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?