धनुषा–३ मा रास्वपाका मनिष झा फराकिलो मतान्तरसहित विजयी

लोकपथ
77
Shares

जनकपुर । धनुषा क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनी ४३ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत र नेकपा (एमाले)का जुलिकुमारी महतोले नौ हजार ५१० मत प्राप्त गरेका छन् ।

यो क्षेत्रमा यसअघि नेकपा (एमाले)की जुलिकुमारी महतो विजयी भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?