काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मधेस प्रदेशको सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहको अग्रता कायमै रहेको छ।
निर्वाचन आयोगका अनुसार सिंहले हालसम्म ६ हजार २६४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले ३ हजार ६७१ मत प्राप्त गरेका छन् ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार अमनिशकुमार यादवले ८९४ मत ल्याएका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रजनीस रायले ३७७ तथा जनमत पार्टीका राकेशकुमार मिश्रले ३८२ मत प्राप्त गरेका छन् ।
यसअघि सार्वजनिक भएको मतपरिणाममा सिंहले २ हजार ८४७ मत प्राप्त गरेका थिए भने थापाले १ हजार ७१४ मत प्राप्त गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया