गुल्मी २ मा गोकर्ण विष्टले रास्वपालाई पछि पार्दै बनाए अग्रता

लोकपथ
1.9k
Shares

गुल्मी । गुल्मी २ मा रास्वपालाई पछि पार्दै नेकपा एमालेले अग्रता बनाएको छ । यस क्षेत्रमा एमालेका गोकर्ण विष्टले रास्वपाका गोविन्द पन्थीलाई ७९१ मतान्तरले अग्रता बनाएका हुन् ।

रातको १० बजेसम्मको मतगणनामा नेकपा एमालेका गोकर्ण विष्टले ७ हजार १६९ मत प्राप्त गर्दा रास्वपाका गोविन्द पन्थी ६ हजार ३७८ मत ल्याएर विष्टभन्दा पछाडि परेका छन् ।

यसअघि सुरुवातदेखि नै पन्थीले अग्रता लिइरहेका थिए ।

गुल्मी २ मा कांग्रेसका भुवन प्रसाद श्रेष्ठ ५ हजार ६३८ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?