जुम्लामा रास्वपाकी पूर्व सांसद विनिता कठायत छैटौं स्थानमा

लोकपथ
378
Shares

जुम्ला । देशभर राष्ट्रिय स्वतन्त्र पार्टी विजयी र अग्रता राख्दा जुम्लामा भने पूर्वसांसद नै लज्जास्पद अवस्थामा पुगेकी छिन् । रास्वपाकी पूर्व सांसद विनिता कठायत यतिबेला छैटौं स्थानमा रहेकी छिन् ।

जुम्ला १ मा राप्रपाका पूर्वसांसद ज्ञान बहादुर शाही ६ हजार ३७१ मत ल्याएर जीतको नजिक पुग्दा उनलाई नेकपाका नरेश भण्डारीले २ हजार ७०७ मतसहित पछ्याएका छन् । शाही भण्डारीभन्दा ३ हजार ६६४ मतले अगाडि रहेका छन् ।

जुम्लामा तेस्रो स्थानमा कांग्रेसका दीप बहादुर शाही रहेका छन्, जसले १ हजार ७४० मत पाएका छन् ।

चौथो स्थानमा एमालेका शान्ति लाल महतले ८२१ मत पाउँदा पाँचौँ स्थानमा नेपाल मजदुर किसान पार्टीका बिर्ष बहादुर राउतले १४९ मत पाएका छन् ।

रास्वपाकी पूर्व सांसद समेत रहेकी विनिता कठायत भने केबल ८४ मत ल्याएर छैटौँ स्थानमा रहँदा उनीभन्दा मात्रै १२ भोट कम अर्थात ७२ भोटले प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले कठायतलाई पछ्याएका छन् ।

(यो शुक्रबार रातको १० बजेसम्म गणना भएको मत परिणामको तथ्यांक हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?