ललितपुर । कांग्रेसले सुरुवातदेखि अग्रता राखेको ललितपुर १ मा रास्वपाले मतान्तर बढाएको छ ।
साँझ ९ः३० बजे प्राप्त मतगणनामा नेपाली कांग्रेसका उदय शमशेर जबरालाई करिब ७ सय मतले पछि पार्दै रास्वपाका बुद्ध रत्न महर्जनले मतान्तर बढाएका हुन् ।
रास्वपाका बुद्ध रत्न महर्जन ७ हजार ९२१ मतसहित अगाडि रहँदा कांग्रेसका उदय शमशेर जबरा ७ हजार २८७ मतले पछ्याइरहेका छन् । राणा महर्जनभन्दा ६३४ मतले पछाडि रहेका छन् ।
यस क्षेत्रमा एमालेका चेतनाथ सञ्जेल ४ हजार ११९ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया