रसुवामा मोहनको ‘ह्याट्रिक’, ५ हजार मतान्तरसहित विजयी

लोकपथ
3.1k
Shares

काठमाडौं । रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् । केहीबेरअघि आएको अन्तिम परिणाम अनुसार आचार्यले १० हजार ६ सय ५६ मतसहित निर्वाचित भएका हुन् ।

त्यस्तै उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् ।

यता नेकपा एमालेका प्रेमबहादुर तामाङले ४ हजार ८ सय ८८ मत प्राप्त गरेका छन् ।

योसँगै मोहनको रसुवामा तेस्रो जित हो । यसअघि २०७४ र २०७९ को निर्वाचनमा जितिसकेका मोहनले ह्याट्रिक गरेका हुन् ।

मोहनको जितसँगै नेपाली कांग्रेसले तेस्रो जित निकालेको छ । यसअघि मनाङ र मुस्ताङमा नेपाली कांग्रेसले जित हासिल गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?