मत गणना जारी रहँदा कांग्रेसले भन्यो– ‘पराजयको सामना गर्नुपर्‍यो, नतिजा अप्रत्याशित’

लोकपथ
581
Shares

काठमाडौं । देशभर निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले आगामी परिणाम अस्वीकार गर्ने जनाएको छ ।

गतगणना जारी रहँदा केही स्थानमा मात्रै जित निकालेको र थोरै स्थानमा मात्रै कांग्रेसले अग्रता कायम गरिरहेको छ ।

यसैबिच कांग्रेसका प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमा लेख्दै पार्टीले देशभर पराजयको सामना गर्नुपरेको भन्दै त्यसलाई स्वीकार गरेर अघि बढ्ने बताए । यस्तै आगामी दिनहरुमा आत्मसमिक्षा गरेर अघि बढ्ने समेत बताएका छन् ।

‘समग्र दृष्टिकोणबाट हेर्दा, यो चुनावमा हाम्रो पार्टीले पराजयको सामना गर्नुपर्‍यो । लोकतन्त्रप्रति प्रतिबद्ध पार्टीको रूपमा, हामी जनादेशलाई पूर्ण रूपमा स्वीकार गर्दछौँ । यद्यपि, यो नतिजा हाम्रा लागि अप्रत्याशित रह्यो। यसका पछाडि विभिन्न कारणहरू हुन सक्छन्, जसलाई हामी गहन रूपमा बुझ्ने प्रयास गर्नेछौँ, थप आत्मसमिक्षा गर्नेछौँ र आफ्ना कमजोरीहरूलाई सुधार्नेछौँ,’ उनले भनेका छन् ।

कांग्रेस पार्टीले पार्टी जीवनमा विभिन्न आरोह अवरोह खेपेर आएको भन्दै आगामी दिनमा लोकतन्त्रलाई थप सुदृढ बनाएर अघि बढ्ने विश्वास समेत लिएको बताए ।

‘जनताको अभिमत नै शासनको वैधताको मूल स्रोत हो। हामी विश्वास गर्दछौँ कि यो मत जनताको हितमा नै समर्पित हुनेछ र लोकतान्त्रिक प्रणालीलाई अझ उन्नत बनाउनेछ। हामीले इतिहासमा धेरै आरोह(अवरोहहरूको सामना गरेका छौँ। बलिदान र समर्पणको पृष्ठभूमिमा, एउटा चुनावको परिणामले लोकतन्त्र र जनताप्रतिको हाम्रो समर्पित राजनीतिमा कुनै विचलन ल्याउन सक्दैन। हामी फेरि उठ्नेछौँ, हाम्रो राजनीतिक शैली र सोचलाई परिवर्तन गर्नेछौँ, जनताको बीचमा जानेछौँ र जनताकै माझबाट फेरि विश्वासको मजबुत आधार खडा गर्नेछौ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?