काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर-२ मा निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानाबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
हालसम्मको मतगणनाअनुसार उपसभामुख रानाले फराकिलो अग्रता लिएकी छन् भने सभामुख घिमिरे झण्डै साढे ७ हजार मतले पछि परेका छन् ।
रानाले हालसम्म ८ हजार ९६० मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी घिमिरेले १ हजार ४२६ मत पाएका छन् ।
तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी रहेका छन् । उनले १ हजार १०७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी चौथो स्थानमा नेपाली कांग्रेसकी सरिता प्रसाईं रहेकी छन् । उनले ७७० मत प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया