रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खाता खोल्यो

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट विजयी भएका छन् ।

केहीबेरअघि आएको परिणाम अनुसार प्रचण्ड ७ हजार भन्दा बढीको मतान्तरसहित विजयी भएका हुन् ।

प्रचण्डले १० हजार २ सय ४० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका लिलामणी गौतमले ३ हजार ४ सय ६२ मत प्राप्त गरेका छन् । यता नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरेकी छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लखनकुमार थापाले ८१९ मत प्राप्त गरेका छन् । यो नेकपाको पहिलो जित हो । अन्य केही क्षेत्रमा बाहेक समग्र देशभर नेकपा पछि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?